Logo

मंगलवार, भाद्र ९ गते २०८३

कोरोनाबारे यूट्यबमा अन्तर्वार्ता दिने व्यक्ति पक्राउ

कोरोनाबारे यूट्यबमा अन्तर्वार्ता दिने व्यक्ति पक्राउ


कोरोनाबारे यूट्यबमा अन्तर्वार्ता दिने व्यक्ति पक्राउ

काठमाडौँ । अफवाह फैलाई सार्वजनिक शान्ति भङ्ग गर्न खोज्ने एक व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ।

यूट्यब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना भाइरस नै छैन। सरकारले हावा पिटेको भन्दै अफबाह फैलाएको आरोपमा तेह्थुमका सुवास सुब्बा लिम्बूलाई सोमबार ललितपुरको नक्खिपोटबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए।

उनले कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरीरका विभिन्न अङ्ग निकालेर बेचबिखन गरी भ्रष्टाचार गरिरहेको भन्ने जस्ता अभिव्यक्तिसमेत दिएको उनले बताए। यसअघि पनि उनले पटक–पटक सर्वसाधारणलाई दिगभ्रमित गराउने, कोरोना भाइरस संक्रमणबारे भ्रम फैलाउने तथा विभिन्न व्यक्तिलाई आक्षेप लगाउने अभिव्यक्ति दिँदै आएका थिए।
 
आफूलाई प्राकृतिक चिकित्सक भएको बताउने लिम्बू हाल ललितपुर नक्खिपोटमा बसोबास गर्दै आएका थिए। उनलाई थप अनुसन्धान गरी कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको जनाइएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक