Logo

मंगलवार, भाद्र ९ गते २०८३

पैसा माग्दा नदिएपछि दाजुबहिनीको हत्या

पैसा माग्दा नदिएपछि दाजुबहिनीको हत्या


पैसा माग्दा नदिएपछि दाजुबहिनीको हत्या

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका दुई वृद्धवृद्धाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ। ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीय गोपीमाया श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँका ३३ वर्षीय दुर्गा भनेर चिनिने दुर्गाबहादुर राईलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

श्रेष्ठ दाजुबहिनीको हत्या भएको तीन दिनपछि स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई जानकारी दिएको आधारमा खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको टोलीले अभियुक्तलाई  भदौ २० गते पक्राउ गरेको थियो। घटनालगत्तै भागेको अवस्थामा पक्राउ परेका राईलाई भदौ २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएलगत्तै कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो। 

पक्राउ परेका राईले पैसा सापटी माग्दा नदिएको झोकमा आफूले खुकुरी प्रहार गरी उनीहरुको हत्या गरेको स्वीकारेको प्रनाउ चिमोरियाले बताए। आफ्नै घरबाट खुकुरी बोकेर गएका उनले दाजुलाई खुकुरी प्रहार गरेर हत्या गरेपछि प्रतिकारमा उत्रिएकी बहिनीको समेत हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ। 

मृतक दाजुबहिनीको घर एकान्तमा भएकाले घटनाको बारेमा तीन दिनपछि मात्र जानकारी पाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए। अविवाहित रहेका दाजु अपाङ्गसमेत रहेकाले उनको हेरचाह गर्न बहिनी केही समयदेखि माइतीमै आएकी थिइन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक