काठमाडौँ । गण्डकी प्रदेशका ८ जिल्लामा एक सय ४६ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण देखिएकोमा ६० जना निको भएका छन्। प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता किरण राणाले एक सय ४६ मा कोरोना संक्रमण देखिएकोमा ६० जना निको भएको जानकारी दिए। यस्तै, ८६ जना हाल उपचाररतमा रहेको उनले बताए।
क्वारेन्टिनमा र आइसोलेशनमा बसेकालाई आवश्यकतानुसार मनोपरामर्श गर्ने, स्वास्थ्यकर आहारविहारको व्यवस्था, शारीरिक व्यायाम, योगलगायतका अभ्यास गराउने गरिएको छ। आइसोलेशनको मापदण्ड बमोजिम सेवा सुविधा, पत्रपत्रिका र रेडियो टिभिको व्यवस्था गरिएको छ। प्रहरीमा कोरोना जोखिम बढ्दै गएपछि विशेष सर्तकता अपनाइएको छ।
“स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै ड्यूटी निर्वाह गर्ने र संक्रमित भई हालेमा अन्य प्रहरीमा फैलन नदिन समूहगत विभाजन गरी ब्यारेकमा रहने, काममा परिचालन गर्ने र कार्यालयगत कामकाज गर्ने व्यवस्था मिलाएका छौँ”, राणाले भने। संक्रमणबाट प्रभावित प्रहरी कार्यालयमा कामकाजमा बाधा हुन नदिन गण, गुल्मबाट प्रहरी पठाइएको र फिर्तापश्चात कोभिड– १९ परीक्षण गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोरोनाको जोखिममा उच्च सर्तकता अपनाएर शान्तिसुरक्षाका लागि प्रहरी खटिएको बताए। उनले भने, “जिल्लामा ९ सय ५० हाराहारी प्रहरी छन्, ८० प्रहरी एकाइ छ, जोखिम छ, सतर्कता अपनाएर कामका खटिएका छौँ।”
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक