Logo

मंगलवार, भाद्र ९ गते २०८३

कुलमान घिसिङको कार्यकाल थप गर्ने तयारी 

कुलमान घिसिङको कार्यकाल थप गर्ने तयारी 


कुलमान घिसिङको कार्यकाल थप गर्ने तयारी 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल दुई वर्ष थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ। ऊर्जामन्त्री वर्षमान पुनले बिहीबार उक्त प्रस्ताव पेश गर्न लागेका हुन्।

खुला प्रतिस्पर्धाबाट चार वर्षका लागि प्राधिकरणको कार्यकारी प्रमुख भएका घिसिङको म्याद आगामी भदौ २९ गते सकिँदैछ। कुलमानलाई प्रचण्डले आफ्नो सरकारको पालामा विद्युत प्राधिकरणको जिम्मा दिएका थिए। प्रचण्डले नै ऊर्जामन्त्री वर्षमान पुनलाई कुलमानको म्याद थपको प्रस्ताव अगाडि बढाउन निर्देशन दिएको स्रोतले जानकारी दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानको म्याद थप गर्ने विषयमा अहिलेसम्म मुख खोलेका छैनन्। घिसिङ प्राधिकरणको कार्यकारी प्रमुख भएपछि नेपालमा लोडसेडिङ हटेको थियो। त्यस्तै, उनले उल्लेख्य मात्रामा विद्युत चुहावटमा कमी गरी घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्याएका थिए।

सरकारले प्राधिकरणमा नयाँ नियुक्ति गर्न अहिलेसम्म विज्ञापन नगरेकाले समेत कुलमानको म्याद थप हुने सम्भावना बढेको स्रोतले जनाएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक