Logo

बुधवार, भाद्र १० गते २०८३

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा


अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले १६ करोड ७२ लाख ५६ हजार बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

आयोजनाका प्रवक्ता तारानाथ अधिकारीका अनुसार २०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा प्रवेश गरेका गुग्ताले २०७६ असार ५ गतेसम्म पदमा बहाल रहँदासम्म गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो। 

आयोगका अनुसार गुप्ताकोे वैध आय एक करोड ११ लाख ६९ हजार मात्रै रहेको भए पनि १७ करोड ८४ लाख २६ हजार बराबरको खर्च तथा लगानी गरेको पाइएको छ। वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने १६ करोड ७२ लाख ५६ हजार बराबरको रकमको स्रोत नखुलेको पाइएको छ।

आयोगले गुग्ताका आफन्तहरु अन्जुकुमारी महतो, उदितनारायाण प्रसाद रौनियार, चन्द्रेश्वर महतो, धिरजकुमार गुप्ता, प्रितीकुमारी गुप्ता, डा रचनाप्रसाह साह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली १० करोड ४४ लाख ४३ हजार बराबरको रकम लुकाई छिपाई राखेको पाइएको छ।  

आयोगले उनीहरुको सम्पत्ति जफत गरी हदैसम्मको कारवाहीको माग गरेको छ। यस्तै आयोगले नेपाल खानेपानी संस्थान पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्लेले सेवाग्राहीसँग २५ हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ। आयोगले वाग्लेलाई पोखरा महानगरपालिका ट्याक्सी चोकबाट पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिP।

 

कामना न्यूज

  • बिहिवार, भाद्र २५ २०७७०७:४३:२४
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण