काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६ कुन्डोलमा तीन जनाको शव भेटिए सम्बन्धमा श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ। घटनामा दुई जनामाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिप अधिकारीले विष सेवन गरेको प्रहरीको अनुसन्धानले देखाएको हो।
शुक्रबार साँझ अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो। सोही क्रममा ३६ वर्षीय अधिकारीसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव भेटिएको हो। सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले भएको प्रहरीले जनाएको छ।
कम्तिमा दुई दिनअघि आमा–छोराको हत्या गरिएको हुन सक्ने प्रहरी अधिकारीको भनाइ छ। तर, यकिन हुन पोष्टमार्टम रिपोर्ट आउनु पर्ने प्रहरीले जनाएको छ। पछिल्लो समय काम नगरेको भन्दै श्रीमन् श्रीमतीबीच झगडा हुने गरेको अनुसन्धानमा देखिएको छ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण