Logo

मंगलवार, भाद्र ९ गते २०८३

३५ लाखमा कछुवा बेच्न खोज्ने पाँच पक्राउ

३५ लाखमा कछुवा बेच्न खोज्ने पाँच पक्राउ


३५ लाखमा कछुवा बेच्न खोज्ने पाँच पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ रहेका छन्। 

यस्तै १९ वर्षका प्रमोद बास्कोटा, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहटका १८ वर्षीय रुपेश तिमिल्सिना रहेका छन्।  विशेष सूचनाको आधारमा  काठमाडौँ महानगरापलिका १४ स्थित कलंकीबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ। उनीहरुलाई प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो। 

गएराती चितवनबाट बिक्री वितरण गर्न कछुवा काठमाडौँ ल्याउँदै छ भन्ने सूचना प्रहरीमा आएको थियो। सोही सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए। 

उनका अनुसार कछुवा ३५ लाखमा बिक्री वितरण गर्न मोततोल भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
उनीहरुको साथमा फेला परेको पहेँलो रङको कछुवाको तौल ७०० ग्रामको र लम्बाई १२ ईन्चको छ । उनीहरुमाथि महानगरीय प्रहरी वृत्त कालिमाटीले अनुसन्धान थालेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक