Logo

बुधवार, भाद्र १० गते २०८३

हजार रुपैयाँ घुस लिएको भन्दै थुनामा, छुटेपछि आत्महत्या गरेसँगै निर्दोष सावित

हजार रुपैयाँ घुस लिएको भन्दै थुनामा, छुटेपछि आत्महत्या गरेसँगै निर्दोष सावित


हजार रुपैयाँ घुस लिएको भन्दै थुनामा, छुटेपछि आत्महत्या गरेसँगै निर्दोष सावित

काठमाडौँ । एक हजार रुपैयाँ घुस खाएको आरोपमा ४२ दिनसम्म अख्तियारको थुनामा परेका मालपोतका कर्मचारी रामहरि सुवेदीको भक्तपुरस्थित निवासमा शनिबार हामी पुग्दा परिवारले उनको श्राद्ध भर्खरै सकेको थियो । दुर्व्यवहार सहन नसकेर उनले आत्महत्या गरेका थिए, शनिबार श्राद्ध सकिएपछि श्रीमतीले भनिन्, ‘धर्तीको अदालतले नै बाटो खोलिदिएकोले स्वर्गमा उहाँको यात्रा खुला भएको छ । आत्माले पक्कै शान्ति पाएको छ ।’

आत्महत्या गरेका श्रीमान्को आत्माले शान्ति पायो भन्नेमा विश्वस्त श्रीमती रिताको आफ्नै आत्मा भने हजारौँ प्रश्नले अशान्त छ । ‘एक हजार रुपैयाँ भ्रष्टाचार गरेको भनेर ४२ दिनसम्म थुनामा राखियो, अब उहाँ निर्दोष साबित हुनुभयो, तर बालबच्चा र हामीले जे गुमायौँ, अब क्षतिको मूल्य माग्न म कहाँ जाऊँ ?’ यी वाक्य उच्चारण गर्दा उनका आँखामा आँसु टिल्पिलाइसकेका थिए । 

यति भन्दै गर्दा अनायसै उनका नजर बैठककोठाको भित्तातर्फ दौडिए । ढोकानजिकै दिवंगत श्रीमान्को तस्बिर छ, उनको नजर तस्बिरमा पुगेर टक्क अडियो । कोठामा केहीबेर शून्यता छायो ।

शून्यता चिर्दै रिता आफैँले प्रश्न गरिन्, ‘सबैलाई थाहै छ, भ्रष्टाचार आरोप लागेका व्यक्तिको परिवारलाई हेर्ने समाजको मनोविज्ञान कस्तो हुन्छ भन्ने ? वर्ष दिनसम्म सहेका यातनाको बयान म कसरी सुनाऊँ ?

जब कि अख्तियारकै पदाधिकारीले करोडौँ रुपैयाँ घुस लिएको सुनिन्छ । तर, उनीहरूले नै मेरा श्रीमान्लाई हजार रुपैयाँ घुसमा फसाए । यसको क्षतिपूर्ति माग्न म कहाँ जाऊँ ?’

खरिदार रामहरि सुवेदी मालपोतमा आएको ६ महिना मात्र भएको थियो, त्यसअघि काभ्रेको पाँचखाल नगरपालिकामा थिए । २२ साउनका दिन कार्यालयकै पछाडिस्थित क्यान्टिनमा खाजा खाँदै थिए । सोही क्रममा उनी अख्तियारको स्टिङ अपरेसनमा परे, एक हजार घुससहित भ्रष्टाचारी पक्राउ भनेर अख्तियारले विज्ञप्ति जारी गर्‍यो । उनलाई ४२ दिनसम्म हिरासतमा राखेर मुद्दा दर्ता गरियो । विशेष अदालतबाट धरौटीमा मुक्त भए पनि आफूमाथि भएको बदनामीको त्रासले उनलाई लेखटिरह्यो । घर आएको एक साता नपुग्दै ६ असोज ०७६ मा आफ्नै निवासमा पासो लगाई आत्महत्या गरे । यो समाचार नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण