Logo

मंगलवार, भाद्र ९ गते २०८३

सिन्धुपाल्चोकमा पहिरो जाँदा १८ घर पुरियो, कम्तिमा १२ जना बेपत्ता

सिन्धुपाल्चोकमा पहिरो जाँदा १८ घर पुरियो, कम्तिमा १२ जना बेपत्ता


सिन्धुपाल्चोकमा पहिरो जाँदा १८ घर पुरियो, कम्तिमा १२ जना बेपत्ता

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा पहिरोमा परी १८ घर पुरिएका छन्। गत राति आएको पहिरोमा परी कम्तीमा १२ जना बेपत्ता भएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पा जानकारी दिए।

पहिरोमा परी भीरखर्क, नागपुच्छे र किम्बे गाउँका १८ घर पुरिएको हो। खहरे खोलामा बाढीसहित आएको पहिरोले घरहरु पुरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ

जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासमा ठूलो वर्षा भएको थियो। सिन्धुपाल्चोकमा गत साउन ३० देखि पटक पटक बाढी पहिरो जाँदा ठूलो मानवीय क्षति भएको छ। 

गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी ३७ जनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक