काठमाडौँ । जिल्ला प्रहरी कार्यालय दाङ अगाडि प्रहरी हवल्दार खडक खत्रीमाथि चक्कु प्रहार भएको छ। गएराति जिप्रका अगाडिकै होटलमा प्रहरी हवल्दार ४० वर्षीय खत्री र होटल साहुनीबीच विवाद भएको थियो।
विवादकै क्रममा होटल साहुनीले हवल्दारलाई चक्कु प्रहार गरेकी हुन्। घाइते हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको छ। चक्कु प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै पक्षबीच भनाभन भई विवाद हुँदा ती महिलाले प्रहरीमाथि चक्कु प्रहार गरेकी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिएका छन्।
हवल्दार होटलमा गएर बेला–बेला खाजा खाने गर्थे। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको र कानुनी कारबाही हुने एसपी चन्दले बताए।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण