Logo

मंगलवार, भाद्र ९ गते २०८३

कीर्तिपुर डेरावाल हत्या प्रकरण :- तीन आरोपितविरुद्ध ५ दिन म्याद थप

कीर्तिपुर डेरावाल हत्या प्रकरण :- तीन आरोपितविरुद्ध ५ दिन म्याद थप


कीर्तिपुर डेरावाल हत्या प्रकरण :- तीन आरोपितविरुद्ध ५ दिन म्याद थप

२८ भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिका–७, भाजंगलमा घेरबेटीले डेरावालाको हत्या गरेको प्रकरणमा तीन जना आरोपितविरुद्ध ५ दिन म्याद थप भएको छ ।

जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि घरबेटी ६६ वर्षीय प्रेमकृष्ण महर्जन, दुई छोरा परमेश्वर महर्जन र प्रमोद महर्जनलाई हिरासतमा राख्न अनुमति दिएको हो ।
म्याद थप भएको अवधिमा घटनाबारे विस्तृत अनुसन्धान हुने काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

शुक्रबार सामान्य विवादमा प्रेमकृष्णले घरको आग्लोले हानेर भाजंगलमा डेरा गरी बस्ने ४२ वर्षीया शम्भु चौधरी भनिने शम्भु महतोको हत्या गरेका थिए । उनको स्थायी घर भारतको चम्पापुरण हो ।
पछिल्लो १५ महिनादेखि उनी महर्जनको घरमा डेरा गरी बसेको प्रहरीको भनाइ छ । घटनाबारे जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले तत्काल उपचारका लागि शम्भुलाई कीर्तिपुर अस्पताल लगेको थियो । तर, केही घन्टामै चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरीका अनुसार शम्भुको कोखामा चोट देखिएको छ । अन्यत्र, बाहिरी चोटपटक छैन । उनको मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्टबाट यकिन हुनेछ । तर, हालसम्म आफन्तले शव बुझ्न नमानेका कारण पोष्टमार्टम हुन सकेको छैन ।

शनिबार पीडित परिवारले प्रहरीमा घरबेटी र उनको परिवारविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले घरका अन्य सदस्यलाई पनि पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

कामना न्यूज

  • आइतवार, भाद्र २८ २०७७०९:०६:५०
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक