काठमाडौं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारले निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई रिक्त राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक जना डा.युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरिएको हो ।
गौतमलाई अब राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नेछिन् । गौतमलाई गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । उक्त निर्णय नेकपाभित्रको आन्तरिक द्वन्द्वका कारण कार्यान्वयन हुन सकेको थिएन ।
पार्टीभित्रको विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव ल्याएर प्रधानमन्त्री ओलीको गुटमा पुगेका गौतमलाई अन्ततः ओलीले राष्ट्रिय सभामा लाने भएका हुन् ।
कुलमानलाई पुनः नियुक्तिको माग राख्दै माइतीघरमा प्रदर्शन
कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्तिको माग राख्दै युवाहरुले माइतिघरमा प्रदर्शन गरेका छन् ।
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहँदा युवाहरुको ठूलो समूह माइतिघरमा आएर घिसिङको पुनः नियुक्तिको माग गर्दै प्रर्दशनमा उत्रिएका हुन् ।
राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरुले मैन बत्ती बलेर कुलमानको पक्षमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण