Logo

मंगलवार, भाद्र ९ गते २०८३

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध


पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका ६ स्थित चोरखोलामा राति साढे १० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।

सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो। पुनः पहिरो खसेपछि दुइतर्फी नै सडक अवरुद्ध बनेको छ। 

पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। यस्तै सडकखण्डअन्तर्गत भरतपुर महानरगपालिका १ भतेरीमा पनि सालको रुख ढलेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक