काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण करोडौँ मानिसले आफ्नो रोजगारी गुमाउन पुगेका छन्। तर, यही समयमा ई कमर्स कम्पनीले एकैपटक लाखौँ कर्मचारी थपेर आफ्नो सेवा विस्तार गर्न लागेको छ।
ई कमर्स कम्पनी अमेजनले आफ्नो ग्राहक बढेसँगै १ लाख कर्मचारी थप्न लागेको हो। कम्पनीले सोमबार जारी गरेको सूचनाअनुसार अमेजनले पार्ट टाइम तथा फुल टाइम कर्मचारी राख्न लागेको हो। अमेजनले शुरुवाती चरणमा रहेका कर्मचारीलाई प्रतिघण्टा १५ डलर तलब दिने भएको छ। अमेजनले राख्न लागेको कर्मचारी अमेरिका र क्यानाडाका लागि रहेको उल्लेख गरिएको छ।
कम्पनीले सय स्थानमा नयाँ शाखा खोल्ने भएकाले कर्मचारीहरु आवश्यक परेको जनाएको छ। यी शाखाहरु गोदाम, प्याकेज सेन्टर तथा अन्य सुविधा केन्द्रो हुने समाचारमा जनाइएको छ। पछिल्लो समयमा कम्पनी विश्वभर फैलिएको छ। अमेजनले नयाँ कर्मचारीलाई प्रोत्साहन भत्ता स्वरुप हजार डलर दिने जनाएको छ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण