Logo

मंगलवार, भाद्र ९ गते २०८३

काठमाडौँमा नाई श्रमिकहरुको प्रदर्शन भोलि पनि 

काठमाडौँमा नाई श्रमिकहरुको प्रदर्शन भोलि पनि 


काठमाडौँमा नाई श्रमिकहरुको प्रदर्शन भोलि पनि 

काठमाडौँ । नाई श्रमिकहरुले भोलि पनि काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ।

रोगले भन्दा भोकले मर्न थालेको भन्दै उनीहरुले आफूहरुका माग पूरा नभएसम्म प्रदर्शन जारी रहने घोषणा गरेका हुन्। मंगलबार बिहान जाउलाखेलबाट सुरु भएको विरोध र्‍याली माइतीघरमा पुगेर धर्नामा परिणत भएको हो।

धर्नापछिको कोणसभामा नाई श्रमिक संयुक्त संघर्ष समितिका नेताहरुले माग पूरा नभएसम्म आफूहरुको सडक आन्दोलन जारी रहने बताएका हुन्। भोकले मर्नुभन्दा राज्यले नै गोली हानेर मारोस् भन्ने चाहेर बाध्य भइ औजारसहित सडकमा उत्रेका उनीहरुको भनाइ छ। उनीहरुले लामो सयमदेखिको लकडाउनका कारण आफूहरु भोकले मर्न थालेको बताउँदै सैलुन र पार्लर तुरुन्त खोल्न दिन माग गरेका छन्।

निशुल्क पीपीई सेट उपलब्ध गराउन र ५० लाखसम्मको जीवन बिमा निशुल्क गर्न उनीहरुको माग छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक