Logo

बुधवार, भाद्र १० गते २०८३

अस्पतालमा बन्धक भएका दाम्पत्तीसँग सरकारले आँखा जुधाउन सक्छ?

अस्पतालमा बन्धक भएका दाम्पत्तीसँग सरकारले आँखा जुधाउन सक्छ?


अस्पतालमा बन्धक भएका दाम्पत्तीसँग सरकारले आँखा जुधाउन सक्छ?

काठमाडौँ । सप्तरीको महुलीमा दुई महिनाअघि निर्घात कुटिएका थिए दलितदम्पती । उनीहरूलाई कुट्ने तारेखमा छुटेका छन् र समाजमा छाती फुलाएर हिँडिरहेका छन् । कुटाइ खानेहरू भने दुई महिनादेखि विराटनगरको गोल्डेन हस्पिटलमा छन्, किनकि घाउचोटको उपचारको पैसा तिर्न नसकेको भनेर अस्पतालले बन्धक बनाएको छ । विपन्न र बेखर्ची यी दम्पती अन्य बिरामीका आफन्तले दिएको खाना खाएर अस्पतालमा दिन कटाइरहेका छन् । 

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ६ महुलीनिवासी शिवचन्द्र सदा (भुटाई) र दिना साह छिमेकी हुन् । ‘साउन पहिलो साता भीषण पानी परेपछि तराईका बस्ती–बस्तीमा पानी पसेको थियो । गाउँ पसेको पानी शिवचन्द्रको घर हुँदै बगेर दिनाको घरतर्फ बगिरहेको थियो,’ शिवचन्द्रका भाइ पवनको भनाइ छ, ‘तर, दिना साहले हाम्रो दाइ शिवचन्द्रको आँगनमा आएर पानी थुन्न थाले, पानीको बहाव रोकिएपछि दाइको घरभित्र पानी पस्न थाल्यो । त्यही विषयमा विवाद भएको हो ।’

यही विषयमा विवाद हुँदा दिनाको परिवारले शिवचन्द्रको परिवारलाई दलित भनेर अपमानजनक गालीगलौज मात्र गरेनन्, सांघातिक हमला पनि गरे । ‘बाँसको भाटाले प्रहार गर्दा दाजु शिवचन्द्र सदाको टाउको फुट्यो, भाउजू मिलियादेवी पनि गम्भीर घाइते भइन् । दाजु–भाउजू दुवैलाई यतैको स्वास्थ्य चौकीमा लगिएको थियो । तर, स्थिति गम्भीर भएकोले तुरुन्तै विराटनगर लगेर गोल्डेन अस्पतालमा भर्ना गरियो,’ भाइ पवनको भनाइ छ । 

उता अस्पतालमा दम्पतीको उपचार चल्न थाल्यो भने यता कुटपिट गर्ने दिना साह पक्राउ परे । तर, सांघातिक हमला गरेर दम्पती नै अस्पताल भर्ना हुनुपर्ने अवस्था आए पनि प्रहरीले भने आरोपीलाई अभद्र व्यवहार गरेको आरोपमा मात्र कारबाही अघि बढाएको थियो । घटनाको संवेदनशीलतालाई बेवास्ता गर्दै जिल्ला प्रशासन कार्यालयले घाइतेको उपचार खर्च दिने गरी आरोपीलाई तारेखमा छोड्न आदेश दियो । तर, उपचार खर्च नतिर्दै आरोपीलाई प्रहरीले ३२ साउनमा मुक्त गरिदियो । यसरी आक्रमणकारी समाजमा फर्किए भने पीडितहरू अस्पतालमा बन्धक भए । 

भूमिहीन नागरिक शिवचन्द्र सदा र उनकी श्रीमतीको उपचारमा एक लाख ९० हजारको बिल बनेको छ । उनीहरूका लागि यो महाभारत हो । ऐलानी जग्गामा उनको फुसको घर छ । घरमा तीनजना बालबच्चा छन् । ‘हामी निर्धन हौँ । जाउलो खाने पैसा पनि छैन, अरू बिरामीका घरबाट खाना आउँछ, केही दयावानले खाना उभारेर दिनुहुन्छ, त्यसैका आधारमा ज्यान धानिएको छ,’ मंगलबार साँझ अस्पताल परिसरमा मिलियादेवीले भनिन् । यो समाचार नयाँ पत्रिकामा छापिएको छ ।

कामना न्यूज

  • बुधवार, भाद्र ३१ २०७७०९:०८:०३
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण