Logo

मंगलवार, भाद्र ९ गते २०८३

कुलमानको पक्षमा प्रदर्शन गर्नेलाई प्रहरीले हान्यो पानीको फोहोरा

कुलमानको पक्षमा प्रदर्शन गर्नेलाई प्रहरीले हान्यो पानीको फोहोरा


कुलमानको पक्षमा प्रदर्शन गर्नेलाई प्रहरीले हान्यो पानीको फोहोरा

काठमाडौँ  । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई नियुक्त गर्नु पर्ने मागसहित प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले तितरवितर पारेको छ।

आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन्।

बुधबार दिउँसो माइतीघरमा प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरी तितरवितर पारेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन भनेको भन्दै प्रहरीले ठाउँ खाली गर्न केही मिनेटको समय दिएको थियो।

तर प्रदर्शनकारीहरु नहटेपछि पानीको फोहोरा प्रहार गरिएको प्रहरीले दाबी गरेको छ। प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारीहरु तितरवितर भएका छन्।

कुलमान घिसिङ्ग भदौ २८ गते ४ वर्षे कार्यकाल पूरा गरी त्यसको भोलिपल्ट औपचारिक रुपमा बिदाई भएका थिए। लोडसेडिङ्ग अन्त्य गरी प्राधिकरणलाई मुनाफामा ल्याएका उनलाई पुनः नियुक्त गर्न चौतर्फी दबाब आए पनि सरकारले त्यसो गरेको छैन।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक