Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

श्राद्धको खाना खाएर १ को मृत्यु, १५ बिरामी

श्राद्धको खाना खाएर १ को मृत्यु, १५ बिरामी


श्राद्धको खाना खाएर १ को मृत्यु, १५ बिरामी

काठमाडौँ । कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन्। गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन्। बिरामी भएकामध्ये १ जनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन्। बिरामी भएका अन्य १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

वडाध्यक्ष रवीन्द्र शाहीका अनुसार यही भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन्। सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ (खाद्य विषाक्तता) का कारण उनीहरु बिरामी परेको बताए। 

कामना न्यूज

  • बुधवार, भाद्र ३१ २०७७०२:५५:३३
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ