काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासहित सपरिवारको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
बिहीबार देउवासहित पत्नी डा। आरजु देउवा, छोरा जयवीर सिंह देउवासहित सपरिवारको कोरोना परीक्षण गएिको थियो। शुक्रबार विहान उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको देउवाको निजी सचिवालयले जानकारी दिएको छ।
बिहीबार बिहान देउवाको निजी सचिवालयका १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ परेको देउवा परिवारका सदस्यको पीसीआर परीक्षण गरिएको थियो।
हिजोबाट उनीहरु स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेसनमा बसेका थिए। यसअघि ३ हप्ता अगाडि पनि देउवा निवासमा कार्यरत कर्मचारी र देउवा परिवारको पीसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।
बिहीबार देउवा परिवारको मात्र पिसिआर परीक्षण गरिए पनि आइतबार निवासमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको पनि पिसिआर परीक्षण गरिने देउवा सचिवालयले जनाएको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक