Logo

मंगलवार, भाद्र ९ गते २०८३

गाउँपालिकाका अधिकृत नै बलात्कारको आरोपमा पक्राउ

गाउँपालिकाका अधिकृत नै बलात्कारको आरोपमा पक्राउ


गाउँपालिकाका अधिकृत नै बलात्कारको आरोपमा पक्राउ

काठमाडौँ । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत १ अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन्।

जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुभक्त उपाध्यायलाई इलाका प्रहरी कार्यालय भजनीको प्रहरी टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ परेका अधिकृत उपाध्यायलाई शनिबार बेलुका नै जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।

जोशीपुर गाउँपालिकामै कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा अधिकृत उपाध्याय पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले पुष्टि गरेका छन्।

उनले शनिबार नै अधिकृत उपाध्यायविरुद्ध मुद्दा दर्ता गरी उनलाई प्रहरी हिरासतमा राखिएको जानकारी दिएका छन्।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता बिष्टले जानकारी दिएका छन्।

 

कामना न्यूज

  • आइतवार, आश्विन ४ २०७७११:०४:००
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक