Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा संक्रमण

प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा संक्रमण


प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा संक्रमण

काठमाडौँ । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ। वृत्तमा कार्यरत एक सय ३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएको महानरीय प्रहरी वृत्त थिमीका प्रमुख ऋषिराम कँडेलले जानकारी दिए।

एकै पटक धेरै प्रहरी संक्रमित भएपछि वृत्तमा मुद्दा फाँटको मात्रै काम भइरहेको जानकारी दिए। उनले कोरोना संक्रमण नदेखिएका प्रहरीलाई मोबाइल गस्तीमा पठाइएको र केही प्रहरीमात्रै कार्यालयमा कार्यरत हुँदा काम प्रभावित बनेको बताए। 

अत्याश्यकबाहेक थिमि प्रहरी वृत्तमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको बताउँदै वृत्तका प्रमुख कँडेलले संक्रमित प्रहरीलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा र दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको जानकारी बताए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक