Logo

मंगलवार, भाद्र ९ गते २०८३

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु


ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ । दैलेखको नौमूले गाउँपालिका १ स्थित मालुभीरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक कविराम पुरीको घटनास्थलमै मृत्यु भएको छ। नौमूले सडक निर्माणका लागि प्रयोग गरिएको ना ७ त १२१६ नम्बरको ट्रयाक्टर अपराह्न ३  बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउदले जानकारी दिए।

सहचालक नौमूले गाउँपालिकाका नन्द बस्नेत घाइते भएका छन्। उनको उपचार नौमूले स्वास्थ्य केन्द्रमा भइरहेको छ। ढुङ्गा ओसारपसार गरिरहेको ट्रयाक्टर सडकबाट दुई सय मिटर तल खसेको थियो। 

दुल्लू नगरपालिका ९ धामीगाउँका पुरीको शव परीक्षणका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख ल्याउने तयारी भएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगिसकेको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक