Logo

मंगलवार, भाद्र ९ गते २०८३

जिउँदै मान्छे जलाउन आलमको मुद्दामा फाइल मगाउने आदेश

जिउँदै मान्छे जलाउन आलमको मुद्दामा फाइल मगाउने आदेश


जिउँदै मान्छे जलाउन आलमको मुद्दामा फाइल मगाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउने आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आइतबार आलामको मुद्दाका सम्बन्धमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने आदेश (कैफियत प्रतिवेदन) मगाउने आदेश जारी गरेको हो।

जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आधार र कारणसहित आदेश सर्वोच्च अदालतले माग गरेको हो। आलमले कोभिड १९ को महामारीको समयमा जेलभित्र संक्रमणको जोखिम भएको उल्लेख गर्दै गत भदौ ३१ गते रिहाई माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सोही निवेदन माथिको प्रारम्भिक सुनुवाईपछि सो आदेश जारी भएको हो।

आलमलाई २०७६  कात्तिक २९ गते जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। जिल्ला अदालतको आदेशलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले सदर गरेको थियो। सरकारी वकिल कार्यालय रौतहतले आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो।

 

कामना न्यूज

  • सोमवार, आश्विन ५ २०७७०८:०९:५८
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक