Logo

मंगलवार, भाद्र ९ गते २०८३

ससुराको हत्या गरी आफैँलाई खुर्पा प्रहार

ससुराको हत्या गरी आफैँलाई खुर्पा प्रहार


ससुराको हत्या गरी आफैँलाई खुर्पा प्रहार

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन्। नवलपुरको कावासोती नगरपालिका १५ शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन्।

ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिए। 

हत्यामा संलग्न मगरसमेत सामान्य घाइते भएका छन्। उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैँलाई हानेर घाइते बनाएको हुनसक्ने  प्रहरी नायब उपरीक्षक खाँणले बताए। घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

कामना न्यूज

  • सोमवार, आश्विन ५ २०७७०८:४८:०९
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक