काठमाडौँ । बझाङमा जेसिबी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
बुंगल नगरपालिका वडा नम्बर १ को दहबगरमा आइतबार राती लु १ क १२७८ नम्बरको जेसिबी दुर्घटना हुँदा स्थानीय ३४ वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय बझाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्रबहादुर बोहोराका अनुसार दुर्घटनामा जेसिबी चालकसहित थप ३ जना घाइते भएका छन्।
घाइते हुनेमा बुंगल नगरपालिका वडा नम्बर ९ का जेसीबी चालक २४ वर्षीय महेश खडायत, वडा नम्बर १ का २७ वर्षीय रामबहादुर बोहरा र ५० वर्षीय प्रताप धामी रहेको प्रहरी निरीक्षक बोहोराले जानकारी दिएका छन्।
तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक