Logo

मंगलवार, भाद्र ९ गते २०८३

जबरजस्ती करणीको आरोपमा ३ जना पक्राउ

जबरजस्ती करणीको आरोपमा ३ जना पक्राउ


जबरजस्ती करणीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । एउटै स्थानमा काम गर्ने महिलालाई जबर्जस्ती करणीका आरोपमा तीन युवालाई पक्राउ गरी काभ्रेपलाञ्चोक प्रहरीले सोमबार सार्वजनिक गरेको छ।

आफूलाई जबर्जस्ती करणी गरेको भन्दै पीडितले दिएको उजूरीपछि पक्राउ गरिएको प्रहरीले जनाएको हो। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका १ घर भई धुलिखेल नगरपालिका ४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्ने २२ वर्षीय विशाल आले, मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ का २८ वर्षीय अमृत खड्का र भारतको पश्चिम बङ्गाल वीरभीमका २३ वर्षीय रघुनाथ मण्डल रहेका छन्।
 
प्रहरीका अनुसार अभियुक्त युवाले रामेछापकी महिलालाई विभिन्न मितिमा डर, त्रास र धम्की दिई पटकपटक जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपित तीन युवा सोही पोल्ट्री फर्ममा काम गर्ने मजदूर हुन्।

शनिबार पक्राउ परेका युवाविरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।

कामना न्यूज

  • सोमवार, आश्विन ५ २०७७०७:४६:२३
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक