काठमाडौँ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा त्रिनपा–५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले पीडित बालिकाको अभिभावकले दिएको उजुरीका आधारमा बुढाथोकीलाई बिहीबार पक्राउ गरिएको बताए।
पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक