काठमाडौँ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले बुधबार सडकमा अलपत्र १ महिलाको उद्धार गरेको छ। सामाजिक विकास मन्त्रीजीवन घिमिरेले मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्धार गरिएको हो।
स्थायी ठेगाना बताउन नसक्ने अवस्थामा रहनु भएका उनी १ सातादेखि सडकमा देखिएकाले स्थानीय युवाले मन्त्रालयलाई जानकारी गराएपछि उद्धार गरिएको हो। सडकबाट उद्धार गरी जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरी आइसोलेसनमा राखिएको छ। कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लैजाने मन्त्रालयले बताएको छ।
महिलाको उद्धार गर्दै सहयोगापेक्षी मुक्त सडक प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले जानकारी दिए। प्रदेश सरकारले विगत केही महिनादेखि सडक बालबालिका र बृद्धबृद्धाको उद्धार गर्दै आएको छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ