Logo

बुधवार, भाद्र १० गते २०८३

कांग्रेस युवा नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि

कांग्रेस युवा नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि


कांग्रेस युवा नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं –  नेपाली कांग्रेसका सांसद तथा पुर्वस्वास्थ्यमन्त्री गगनकुमार थापासहितका कांग्रेसका केही नेताहरुलाई कोरोना पुष्टि भएको छ ।

केन्द्रीय समिति बैठकका लागि कांग्रेसले गराएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको नेता थापाले खबरहबलाई बताए । थापाले भने,‘मलाई कुनै लक्षण देखिएको छैन। स्वास्थ्य सामान्य छ।
उनले आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको र घरमै बसिरहेको बताएका छन् । कांग्रेसका अनुसार अन्य केही नेताहरुको समेत कोरोना संक्रमण पुष्टि भएको छ । तर कतिजना नेतामा कोरोना संक्रमण देखियो भन्ने विषय भने अहिले नै थाहा हुन नसकेको जनाइएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठक आगामी सोमबारका लागि बोलाइएको थियो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण