काठमाडौँ । दार्चुलामा १७ किलो भन्दा बढी अवैध यार्सागुम्बासहित एकजना पक्राउ परेका छन्।
प्रहरीले दार्चुला जिल्ला सदरमुकाम नजिकै पुलघाटबाट १७ किलो ५१ ग्राम अवैध यार्सागुम्बासहित एकजना व्यापारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हुम्लाको नाम्खा गाउँपालिका–३ का ३५ वर्षीय डोकार लामा रहेको दार्चुलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिएका छन्।
उनका अनुसार पक्राउ परेका लामा र यार्सागुम्बालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय दार्चुलामा बुझाइएको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक