काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभाको सीमा किमाथांका पुगेका छन् । बुधबार किमाथांका भएर हुने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे अध्ययन गर्न ओली त्यहाँ गएका हुन् । ओलीले सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण गर्ने, अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गर्ने, किमाथांका भएर हुने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे अध्ययन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीकव सचिवालयले जनाएको छ ।
ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम र राष्ट्रिय सभा सदस्य परशुराम मेघी गुरुङलगायतलाई छन् ।
ओली गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि काठमाडौं बाहिर निस्किएका थिएनन् । उनले त्यहाँ पाँच घण्टामा तीन वटा कार्यक्रम सकाएर आजै काठमाडौं आउनेछन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक