Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

लागु पदार्थ ब्राउनसुगरसहित दुई जना पक्राउ

लागु पदार्थ ब्राउनसुगरसहित दुई जना पक्राउ


लागु पदार्थ ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडौँ ।  प्रतिबन्धित लागु पदार्थ ब्राउनसुगरसहित झापाबाट दुई युवा पक्राउ परेका छन्।

बिहीबार साँझ ६ बजे झापाको मेचीनगर १५ हेल्दुबारीमा बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले बा ३८ प ३८८५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मेचीनगर १५ ज्यामिरगढी बस्ने २४ वर्षीय बिष्णु राजबंशी र सोही वडाको पानबस्ती बस्ने १८ वर्षीय सागर पाहानलाई ब्राउनसगुरसहित पक्राउ गरेको हो।

उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुगर, नगद एकासी हजार एक सय नेपाली रुपैयाँ, एक सय दश भारतीय रुपैयाँ र मोबाईल थान २ बरामद गरिएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए।

 

कामना न्यूज

  • शुक्रवार, मंसिर ५ २०७७१०:०९:५०
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ