काठमाडौँ । तेजाब आक्रमण परि भाइते भएकी धनुषाकी आरती साहको अदालती बयान अस्पतालमै गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
तेजाब आक्रमण विरुद्धको अभियानमा रहेको उज्जवल विक्रम थापाले साह बयानका लागि धनुषा जिल्ला अदालत जान सक्ने अवस्था नरहेकाले छिटो छरितो न्यायका लागि बयान अस्पतालमै लिने व्यवस्था मिलाउन न्यायालयसँग माग गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका–७ की २६ वर्षीया आरतीमाथि गएको कात्तिक २९ गते तेजाब आक्रमण भएको थियो । उनको हाल कीर्तिपुर स्थित अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार र छातीको भाग तेजाबका कारण जलेको छ ।
तेजाब आक्रमणमा संलग्नलाई नयाँ कानुन अनुसार हदैसम्मको सजाय हुनु पर्ने र न्याय प्रक्रियालाई पीडितको पक्षमा छिटोछरितो बनाउनका लागि आरतीको बयान अस्पतालमै हुने व्यवस्था मिलाउन थापाले माग गरेका हुन् ।
हालै सरकारले तेजाब आक्रमण गर्नेलाई कडा दण्डको व्यवस्थासहितको कानून जारी गरेको थियो । फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्त्री केही ऐन संशोन गर्न बनेको अध्यादेशलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी थिइन् ।
सो कानून अनुसार तेजाब आक्रमण गर्नेलाई २० वर्षसम्मको जेल सजाय र १० लाख रुपैयाँ जरिवाना हुने तथा पीडितलाई क्षतिपूर्ति दिनु पर्नेसहितका व्यवस्था छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ