Logo

बुधवार, भाद्र १० गते २०८३

प्रचण्ड भेट्न चिनियाँ राजदूत प्रचण्ड निवासमा

प्रचण्ड भेट्न चिनियाँ राजदूत प्रचण्ड निवासमा


प्रचण्ड भेट्न चिनियाँ राजदूत प्रचण्ड निवासमा

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी हुन्। 

स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा भेटवार्ता भएको छ। भेटवार्तामा के के विषयमा छलफल भयो भन्ने नखुलेपनि उनीहरुबीच नेकपा विवाद र आसन्न चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका बारेमा छलफल भएको बुझिएको छ। चिनियाँ रक्षामन्त्री वइफेङ्हे यहि मंसिर १४ मा नेपाल भ्रमणमा आउँदैछन्। 

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई लिएर आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका थिए। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी