काठमाडौँ । प्रहरीले जुवातास खेल्ने ७ जनालाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–९ बाट जुवातास खेल्ने सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले ३ लाख २५ हजार १ सय ५५ नगदसहित ७ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सबै उर्लाबारीका रहेका छन्। दिवान मगर, बाबुराम कार्की, विमल डाँगी, डम्बरबहादुर लिम्बु, गोविन्द पुरी र विष्णु राउत तथा खोटाङका कुबिरमान तामाङ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेकाहरुविरुद्ध जुवा ऐन सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ