काठमाडौँ । मोरङमा बुबासँग भनाभन भएपछि गाइको हत्या गर्ने एकजना पक्राउ परेका छन् । सुनवर्षी नगरपालिका–२ सुघाटोलका ३० वर्षीय भुपेन्द्र राई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार आफ्नो बुबासँग सामान्य घरायसी विवाद हुँदा भुपेन्द्रले बन्चरो प्रहार गरी घरमा पालिएको गाईको हत्या गरेका हुन् ।
गाईको हत्या गरेको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले अभियुक्त भुपेन्द्रलाई पक्राउ गरेको एसपी खड्काले बताए । भुपेन्द्रलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ