काठमाडौँ । बालयौन दुराचारमा संलग्न एक विदेशी नागरिक कास्कीको पोखराबाट पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार गैर–पर्यटक भिसामा नेपाल बस्दै आएका ६० वर्षे फ्रान्सेली नागरिक क्रिष्टियन सेर्गे हेनरी नौगारितलाई पक्राउ गरिएको हो।
उनलाई १२, ८ र ७ वर्षका तीन बालकलाई यौन शोषण गरिरहेको अवस्थामा फेला पारिएको सिआइबीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा क्रिष्टियनलाई सोमबार पक्राउ गरिएको सिआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिएका छन्।
पीडित तीनै बालकलाई उद्धार गरिएको र क्रिष्टियन विरुद्ध बालयौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको पनि प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।
पेशाले कम्युटर इन्जिनियर रहेका क्रिष्टियनलाई पोखरा महानगरपालिका–१७ बरौता पावर हाउस फुर्सेखोला बगरबाट पक्राउ गरिएको हो।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ