Logo

बुधवार, भाद्र १० गते २०८३

नेकपाको सचिवालय बैठक बस्दै

नेकपाको सचिवालय बैठक बस्दै


नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । सचिवालय बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।

आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।ङ्सिर १७ गते नै अध्यक्षद्वयको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको भए पनि प्रधानमन्त्री ओली अनुपस्थित भएकाले तीनदिन बैठक धकेलिएको थियो ।

आजको बैठकमा पनि प्रधानमन्त्री उपस्थित हुने कि नहुने भन्ने टुङ्गो लागेको छैन । ओलीनिकट नेताहरूले दुईचार दिन बैठक रोकेर सहमति खोज्ने कसरत गरे पनि त्यो सफल हुन सकेको छैन ।

१७ गतेको बैठक महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष प्रचण्डसँग बैठक स्थलबाहिर केही दिन स्थगित गर्न आग्रह गरेपछि मङ्सिर २० गतेसम्म स्थगित गरिएको थियो ।

आज बैठक रोकिने सम्भावना कम रहेको सचिवालय तहका नेताहरू बताउँछन् ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र