प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा उपाध्यक्ष एंव पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सडकमा डिभाइडर नाघ्दै गरेको तस्बिर सामाजिक सञ्जालमा फेसबुकमा पोष्ट गरेका छन्। नेकपाभित्र विवाद चुलिएका बेला आइतबार बिहान थापाले केही वर्षअघि भाइरल भएको उक्त तस्बिर पोष्ट गरेका हुन्।
थापाले उक्त तस्बिर वामदेवबारे धेरै कुरा बताउने अर्थमा क्याप्सन लेखेका छन्-को कस्तो?तस्बिर काफी छ।नेकपाका केन्द्रीय सदस्यसमेत रहेका थापाले उपाध्यक्षको त्यस्तो फोटो राखेपछि सामाजिक सञ्जालमा उक्त विषयमा चर्चा भइरहेको छ।
थापाले राखेको फोटोको कमेन्टमा उनलाई गाली गर्नेहरू धेरै छन् भने वामदेव शैलीको विरोध गर्नेहरू पनि छन्।
शुक्रबारको सचिवालय बैठकमा वामदेवले थापालाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट हटाउन माग गरेका थिए।
यसअघि पनि उनले पटक-पटक थापालाई हटाउनु पर्ने माग राख्दै आएका थिए।
गौतम र थापा दुबै प्युठानका हुन्। उनीहरूबीचको सम्बन्ध २०७४ को निर्वाचनपछि बिग्रिएको हो।२०७४ को निर्वाचनमा आफू बर्दिया क्षेत्र नम्बर १ बाट पराजित हुनुमा थापा पनि जिम्मेवार रहेको भन्दै वामदेवले पार्टी कार्यालयमा उजुरी नै दिएका थिए। काठमाडौंमा बसेर आफ्नाविरूद्ध बर्दियाका कार्यकर्ता भड्काएको उनको आरोप थियो।
थापाले फेसबुकमा राखेको फोटो सुशील कोइराला नेतृत्वको सरकारमा वामदेव उपप्रधानमन्त्री एवम् गृहमन्त्री हुँदा नयाँ पत्रिकामा प्रकाशित भएको थियो।
रत्नपार्कमा डिभाइडर नाघ्दै गर्दा खिचेको फोटो प्रकाशित भएपछि वामदेवको शैलीबारे त्यतिबेला पनि चर्चा भएको थियो।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक