काठमाडौँ– संवैधानिक परिषद्को बैठक आइतबार बिहान ९ बजेका लागि बोलाइएको छ।
प्रधानमन्त्री एव परिषद्का अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान बालुवाटारमा बस्ने गरी बैठक बोलाएको स्रोतले जानकारी दियो।
सबै जसो संवैधानिक निकायमा पदाधिकारी रिक्त रहेको अवस्थामा अध्यक्ष ओलीले लामो समयपछि बैठक बोलाएका हुन्।
परिषद्ले १३ वटा संवैधानिक निकायमा गरी रिक्त रहेका ४५ भन्दा बढी पदाधिकारी सिफारिस गर्न बाँकी छ।
तर सत्तारुढ दलभित्रको आन्तरिक किचलो र विपक्षीलाई समेत भागबण्डा पुर्याउनुपर्ने विषयमा कुरा नमिल्दा पदाधिकारी सिफारिस हुन सकेको छैन।
आइतबारको बैठक केही निकायका लागि पदाधिकारी सिफारिस हुन सक्ने बालुवाटार स्रोतको दाबी छ।
परिषद्मा प्रधानमन्त्रीसहित प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ। हाल उपसभामुखको पद रिक्त रहेको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक