Logo

मंगलवार, भाद्र ९ गते २०८३

पशुपतिको आर्यघाटमा बढ्न थाल्यो फोहोर

पशुपतिको आर्यघाटमा बढ्न थाल्यो फोहोर


पशुपतिको आर्यघाटमा बढ्न थाल्यो फोहोर

काठमाडौँ-बागमती सफाइ महाअभियानको ३९६औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ।

पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा भएको थियो।

सफाइमा गङ्गा पुरीलगायत अभियानकर्मीको सक्रियता थियो। पशुपतिबाट तिलगङ्गासम्म सीमित अभियानकर्मीले मात्र सफाइ गर्दा जम्मा भए जति सबै फोहर उठाउन नसकिएको उनले सुनाए।

पशुपतिको आर्यघाट र भष्मेश्वरघाटमा पछिल्लो समय शव आउने क्रम बढेसँगै यस क्षेत्रको नदी किनारमा पनि फोहर बढ्दै गएको छ । शवमा प्रयोग हुने कपडा, फूलमाला, क्रियापुत्रीले पहिले लगाएका कपडा, बाँसलगायत फोहर नदीमै फालिने गरेको छ । वर्षामा बहाव धेरै हुँदा यी बगाएर लगे पनि हिउँदमा पानी घटेसँगै नदीमा फोहर बढ्ने गरेको छ ।

यसैगरी शङ्खमूल पुल क्षेत्रमा गरिएको सफाइमा विशेषगरी माइक्रो पार्कका चालक सहचालकलाई चेतना जगाइएको अभियानकर्मी डा लक्ष्मी पौडेलले राससलाई जानकारी दिए। माइक्रो पार्कमा फोहर राख्ने डष्टबिनसमेत सो अवसरमा वितरण गरिएको थियो।
विष्णुमती सफाइको ३२५औँ हप्तामा काठमाडौँ महानगरपालिका–१७ खुबिबुं क्षेत्रमा सफाइ गरिएको छ। विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजलगायत स्थानीय संस्थाको सक्रियतामा भएको सफाइमा नदीमा फोहर नफालौँ जल सभ्यताको संरक्षण गरौँ भन्दै अभियानकर्मी सक्रिय रहेको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए। सफाइमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर ६० जनाले सफाइ गरेको जनाइएको छ।

यसैगरी गुह्येश्वरीमाथिको बागमती, रुद्रमती, मनोहरा, चक्रपथको उत्तरी र पश्चिमी भेगलगायत स्थानमा पनि सफाइ गरिएको छ । कोरोना कहर चलिरहेकाले सबै स्थानको सफाइमा नदी किनार नजीकै निवास भएका अभियानकर्मीमात्र सहभागी हुँदै आएका छन्।

नदी किनारभन्दा टाढा निवास रहेका अभियानकर्मी भने टोल सफाइ एवं चेतना अभिवृद्धिमा सक्रिय भएका छन्। विसं २०७० जेठ ५ गतेदेखि दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ बागमती सफाइ महाअभियान शुरु भएको हो। बागमती सफाइ महाअभियान शुरु भएसँगै यसका सहायक नदी, उपत्यकाका विभिन्न स्थानसहित देशभरका मुख्य मुख्य स्थानमा सफाइ भइरहेको छ।

हाल देशभर १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ। बागमती सफाइ महाअभियान आगामी पुस २५ गते ४००औँ हप्तामा प्रवेश गर्दैछ । त्यस अवसरमा विशेष कार्यक्रमको तयारी गरिएको सफाइ महाअभियानले जनाएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक