Logo

बुधवार, भाद्र १० गते २०८३

मन्त्रिपरिषद् बैठक बस्दै, यस्तो छ कार्यसूची

मन्त्रिपरिषद् बैठक बस्दै, यस्तो छ कार्यसूची


मन्त्रिपरिषद् बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बिहीबार (आज) बस्दैछ ।

बैठक साँझ ६ बजे  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय गरिएको एक मन्त्रीले जानकारी दिए । आज बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने सम्भावना रहेको ती मन्त्रीको भनाइ छ ।

बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले गएको मंगलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

ती मन्त्रीका अनुसार मन्त्रिपरिषद्को नियमित एजेन्डामा अध्यादेश फिर्ता छैन । तर, अध्यादेश फिर्ता लिएपछि निस्क्रिय अवस्थामा पुगेको कानुन ब्युँताउनुपर्ने प्रावधान छ । त्यो प्रयोजनका लागि भएपनि मन्त्रिपरिषद्को बैठक बसेर आवश्यक निर्णय लिनुपर्ने ती मन्त्रीले बताए ।

कामना न्यूज

  • बिहिवार, पौष २ २०७७०२:३७:११
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण