वासिङ्गटन-अमेरिकामा बुधबार एकै दिनमा कोरोना भाइरस संक्रमणको कारण ३ हजार ७०० व्यक्तिको मृत्यु भएको छ।
गत २४ घण्टामा यहाँ २ लाख ५० भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका जोन्स हप्किङ विश्वविद्यालयले जानकारी दिएको छ।
अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण एक महिनायता १ लाख १३ हजार भन्दा बढी व्यक्ति उपचारकोलागि अस्पताल भर्ना भएका छन्।
गत वर्षको डिसेम्बेर महिनाबाट चीन हुबे प्रान्त वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अन्त्यन्त प्रभावित भएको छ ।
यस संक्रमणको कारण अमेरिकामा ३ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १ करोड ७३ लाख ९४ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन्।
कोरोना संक्रमणको कारण विश्वभरीमा ७ करोड ४५ लाख ९८ हजार व्यक्ति संक्रमित भएका छन् भने १६ लाख ५६ हजार ५५४ जनाको संक्रमणको कारण मृत्यु भएको छ।
रासस
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक