Logo

मंगलवार, भाद्र ९ गते २०८३

अमेरिकी विद्यार्थी भिसामा कडाइ, विदेशी विद्यार्थी अमेरिकामा ४ वर्षभन्दा धेरै बस्न नपाउने

अमेरिकी विद्यार्थी भिसामा कडाइ, विदेशी विद्यार्थी अमेरिकामा ४ वर्षभन्दा धेरै बस्न नपाउने


अमेरिकी विद्यार्थी भिसामा कडाइ, विदेशी विद्यार्थी अमेरिकामा ४ वर्षभन्दा धेरै बस्न नपाउने

 

काठमाडौँ ।

अमेरिकाले विद्यार्थी भिसा प्रणालीमा कडाइ गरेको छ । अमेरिकी गृह सुरक्षा विभाग (डिएचएस)ले भिसा दुरुपयोग रोक्न र विदेशी विद्यार्थीमाथि संघीय निगरानी बढाउन विद्यार्थी भिसा प्रणालीमा कडाइ गरेको हो । अमेरिकाले विद्यार्थी भिसा प्रणालीमा ‘ड्युरेसन अफ स्टेटस’ प्रणाली हटाएर निश्चित समयावधिको भिसा नियम ल्याएको छ । 

अमेरिकाले विद्यार्थी भिसा प्रणालीमा कडाइ गरेको छ ।
नयाँ नियम अनुसार ‘एफ(वान’ र ‘जे-वान’ भिसामा अमेरिका जाने विद्यार्थीहरुका लागि अधिकतम ४ वर्षको बसाई सीमा तोकिएको छ । अर्कोतर्फ अध्ययन पूरा भएपछिको ग्रेस पिरियडलाई ६० दिनसम्म घटाएर ३० दिनको बनाइएको छ ।

नयाँ नियमअनुसार तोकिएको अवधिभन्दा बढी समय अमेरिका बस्नुपरेमा संघीय सरकारको अनुमति लिनुपर्नेछ । यसो त यसअघि विद्यार्थी भिसामा अमेरिका जाने विद्यार्थीहरु अध्ययन नसकिँदासम्म अमेरिका बस्न पाउँथे तर अब भने विद्यार्थी भिसामा अमेरिका जाने विद्यार्थीहरु अधिकतम ४ वर्ष मात्र अमेरिका बस्न पाउनेछन् ।तर, अध्ययनका लागि ४ वर्षभन्दा बढी समय लाग्ने विद्यार्थीले अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (यूएससीआईएस) बाट स्वीकृति लिनुपर्नेछ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक