काठमाडौं । नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल खुमलटार पुगेका छन् । पार्टीभित्रको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न वरिष्ठ नेता नेपाल प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
अहिले नेपालसँगै उपाध्यक्ष वामदेव गौतम, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो राजनीतिक घटनाक्रमका विषययमा छलफलमा जुटेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए । पार्टीभित्र सङ्कट गहिरिँदै गएपछि प्रधानमन्त्रीसमेत रहेका ओली पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास खुमलटार पुगेका थिए ।
पार्टीभित्रको संकट गहिरिँदै गएपछि नेकपा नेताहरुले छलफल तिव्र पारेका छन् ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण