Logo

बुधवार, भाद्र १० गते २०८३

प्रधानमन्त्री ओलीले गरे बादलसँगै अन्य मन्त्रीहरुसँग पनि छलफल

प्रधानमन्त्री ओलीले गरे बादलसँगै अन्य मन्त्रीहरुसँग पनि छलफल


प्रधानमन्त्री ओलीले गरे बादलसँगै अन्य मन्त्रीहरुसँग पनि छलफल

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँगै भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल,पद्मा अर्याल, शिवमाया तुम्बाहाम्फेलगायतसँग पनि छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरमा ओलीसँग उनी निकट मन्त्रीहरु पनि देखिएका हुन्।खुमलटारमा पुगेर आफूसँग असन्तुष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगकाे वार्तामा कुरा नमिलेपछि ओलीले सिधै पुलचोक आएर आफू निकट मन्त्रीहरुसँग छलफल गरेका हुन्।

योसँगै उनले आजै प्रचण्डविरुद्ध थप कदम चाल्न सक्ने अड्कलबाजी भइरहेको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण