५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमविरुद्ध नेकपाका असन्तुष्ट पक्ष, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायत प्रतिपक्षी दलहरुले संयुक्त आन्दोलन गर्ने निर्णय गरेका छन्।
बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सकिएलगत्तै सिंहदरबारमा भेला भएका नेकपाका असन्तुष्ट पक्ष, काँग्रेसका शीर्ष नेताहरुले ओलीको कदमविरुद्ध संयुक्त रुपमा कानुनी उपचार खोज्ने र सडक आन्दोलनपनि सँगसँगै गर्ने निर्णय गरेको भेलामा सामेल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कामना न्युजलाई जानकारी दिए ।
उनले भने,‘हामीले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक, अलोकतान्त्रिक, निरकुंश, पच्छगामी, जनादेश र जनभावनाबिपरीत कदमको घोर भ्रत्र्सना गर्दै यसका विरुद्ध संयुक्तरुपमा कानुनी उपचार खोज्ने र सडक आन्दोलन पनि तताउने निर्णय गरेकाका छौँ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण