Logo

बुधवार, भाद्र १० गते २०८३

एक व्यक्तिको राष्ट्रविरोधी गतिविधिले नेकपाको एकतामा कुनै असर नपर्ने: प्रचण्ड

एक व्यक्तिको राष्ट्रविरोधी गतिविधिले नेकपाको एकतामा कुनै असर नपर्ने: प्रचण्ड


एक व्यक्तिको राष्ट्रविरोधी गतिविधिले नेकपाको एकतामा कुनै असर नपर्ने: प्रचण्ड

काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ‘कुनै एक व्यक्तिको पार्टी, जनता र राष्ट्रविरोधी गतिविधिले पार्टीको एकतामा कुनै असर नपर्ने’ बताएका छन्।

नेकपाको लेटरहेडमा सोमबार बिहान पार्टी अध्यक्षका रुपमा विज्ञप्ति जारी गर्दै दाहालले प्रधानमन्त्री ओलीको कमदलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र स्वेच्छाचारी भन्दै नेकपा स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरिसकेको उल्लेख गरेका छन्।

‘कुनै एक व्यक्तिको पार्टी, जनता र राष्ट्रविरोधी गतिविधिले पार्टीको एकताका तात्विक असर पर्ने छैन,’ दाहालले भनेका छन्।

कुनै एक व्यक्तिको पार्टीविरोधी गतिविधिले पार्टी एकता भत्काउन नसक्ने भन्दै उनले त्यस्तो क्रियाकलापलाई भ्रमात्मक प्रचारको संज्ञा दिएका छन्।

उनले अघि भनेका छन्, ‘जनताको बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तन रक्षा गर्नु नै अहिलको ऐतिहासिक कार्यभार हो। राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै पनि व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न म सबैलाई अपिल गर्छु ।’

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण