नेकपाका दुवै समूहका केन्द्रीय कमिटी बैठक आज मंगलबार बस्ने भएका छन्।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली समूहको बैठक बालुवाटारमा बस्दैछ। प्रधानमन्त्री ओलीले ९ बजे केन्द्रीय कमिटी बैठक बोलाएका छन्। ओली समूहले मंगलबारका लागि सोमबार मात्रै बैठकको मिति तय गरेको हो।
अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधव नेपाल निकट केन्द्रीय सदस्यहरूको बैठक पनि आज मंगलबार नै बस्ने भएको छ। प्रचण्ड-नेपालले कार्की ब्यांक्वेटमा केन्द्रीय कमिटी बैठक बोलाएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले मंगलबारको बैठक तय गरेको हो
आइतबारको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस समेत गरेको छ। मंगलबारको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गर्ने जानकारी प्रचण्डले आफूनिकट नेताहरूलाई गराइसकेका छन्।
सोमबार भएको आफूनिकट सांसदहरूको भेलामा प्रचण्डले केन्द्रीय कमिटीले ओलीमाथि कारबाही गर्ने बताएका थिए। कस्तो कारबाही गर्ने भनेर भने उनले खुलाएका छैनन्।
प्रधानमन्त्री ओलीले भने आफूलाई प्रचण्डले कारबाही गर्न नसक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको भेलामा प्रचण्डको पार्टीमा हैसियत उपाध्यक्षको जस्तै भएको भन्दै कारबाही गर्न नसक्ने बताएका थिए।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण