Logo

बुधवार, भाद्र १० गते २०८३

प्रचण्डलाई कारवाही गरेको पत्र ओली पक्षले पहिले नै निर्वाचन आयोग पुर्‍याएको दाबी

प्रचण्डलाई कारवाही गरेको पत्र ओली पक्षले पहिले नै निर्वाचन आयोग पुर्‍याएको दाबी


प्रचण्डलाई कारवाही गरेको पत्र ओली पक्षले पहिले नै निर्वाचन आयोग पुर्‍याएको दाबी

काठमाडौँ – नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अनुशासनको कारवाही गरिएको पत्र निर्वाचन आयोगमा पहिले नै बुझाएको दाबी गरिएको छ ।

ओली निकट एक सचिवालय सदस्यले प्रचण्ड–नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गरेको पत्र आयोगमा बुझाउनु भन्दा पहिले नै आफूहरुको तर्फबाट पत्र गएको बताए ।

स्थायी कमिटिको निर्णय अनुसार संसद ओलीलाई अनुशासनको कारवाही गरिएको सिफारिस पत्र प्रचण्ड–नेपाल समूहबाट नेता लिलामणि पोखरेलले सोमबार निर्वाचन आयोगमा लगेको थिए ।

तर त्यो भन्दा पहिले नै प्रचण्डलाई अनुशासनको कारवाही गरिएको सिफारिस पत्र निर्वाचन आयोगमा ओली पक्षबाट पु¥याइएको दाबी ती नेताले गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटको संघारमा छ । मंगलबार दुवै पक्षले भिन्दाभिन्दै स्थानमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । दुवै पक्षले एकअर्कालाई कारवाहीको तयारी गरेका छन् ।

कामना न्यूज

  • मंगलवार, पौष ७ २०७७१०:४०:४७
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण